Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एक करोड धेरैको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ

एक करोड धेरैको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ

  • आइतवार, मंसिर २३ २०८१

  • 395
    SHARES

  • एक करोड धेरैको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ

    काठमाडौं । कैलालीमा सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

    भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका वडा नम्बर–१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका वडा नम्बर–११ का महेश सुनार रहेका छन् ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेपलगाएका भाँडाकुँडा पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।


    आइतवार, मंसिर २३ २०८११०:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij