Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एनपीएल : आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

एनपीएल : आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

  • शनिवार, मंसिर २२ २०८१

  • 698
    SHARES

  • एनपीएल : आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । टीयु क्रिकेट मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा आज बिहान ९ः१५ बजे सुरू हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    जारी एनपीएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

    सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ। सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो ।

    त्यस्तै, आजको दोस्रो खेलमा दिउँसो सवा १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्। कर्णालीले खेलेको तीन खेलमध्ये दुईवटामा पराजित हुँदा एक खेल जितेको छ। तीन खेल खेलेको विराटनगर पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।


    शनिवार, मंसिर २२ २०८१०७:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij