Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः कतै हुस्सु, कतै हिमपातको सम्भावना

आजको मौसमः कतै हुस्सु, कतै हिमपातको सम्भावना

  • शनिवार, मंसिर २२ २०८१

  • 544
    SHARES

  • आजको मौसमः कतै हुस्सु, कतै हिमपातको सम्भावना

    काठमाडौं। देशभर यतिबेला पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले यतिबेला पश्चिमी वायुको प्रभावले केही प्रदेशमा मौसम बदली रहेको जनाएको छ।

    महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभाग लगायत बाँकी तराईका भूभाग तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

     


    शनिवार, मंसिर २२ २०८१०६:२८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij