Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

  • बिहिवार, मंसिर २० २०८१

  • 760
    SHARES

  • विपिन जोशी जीवितै रहेको इजरायलको भनाई

    काठमाडौं। इजरायलबाट प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ।

    नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको जानकारी दिनुभएको हो ।

    आज काठमाडौंमा पत्रकारहरुसँगको भेटमा वासले भन्नुभयो, ‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं, हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

    विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो। राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताउनुभयो।

    इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताउनुभयो।


    बिहिवार, मंसिर २० २०८१०६:५९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij