Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल बंगलादेशसँग २–० ले पराजित

नेपाल बंगलादेशसँग २–० ले पराजित

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 1.2K
    SHARES

  • नेपाल बंगलादेशसँग २–० ले पराजित

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग २–० ले पराजित भएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।

    खेलको नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । बायाँ विन्ग्समा सादले दुई डिफेन्डरलाई छक्याउँदै दिएको लो क्रसलाई जीवनले पहिलो टचमा नै गोल गर्न सफल भएका थिए ।

    त्यस्तै, ८० औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । मिडफिल्डमा बल खोसेपछि काउन्टर अट्याकमा महबुबुर रहमानले विंगबाट बल अघि बढाउँदै वन भर्सेस वन अवस्थामा गोल गर्न सफल रहे ।

    खेलको अन्त्यतिर नेपालले दबाब कायम गर्दै लगातार कर्नर प्राप्त गरे पनि गोलपोस्टतर्फ प्रहार गर्न भने सकेन । मैत्रीपूर्ण सिरिजअन्तर्गत नेपालले अब दोस्रो खेल मङ्सिर २ मा खेल्नेछ ।

    सिरिजको उपाधि जित्न नेपालले कम्तिमा जितको नतिजा निकाल्नुपर्ने छ । बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुनेछ ।


    शुक्रवार, कार्तिक २८ २०७७०६:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij