Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • बिहिवार, मंसिर २० २०८१

  • 456
    SHARES

  • जाजरकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

    काठमाडौं । जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

    कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो।

    दुर्घटनामा जीपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू दुवैलाई जिल्ला अस्पताल जाजरकोट लगिएको थियो। अस्पतालका चिकित्सकले उनीहरूको मृत्यु घोषणा गरेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो।

    मृतक दुवै जाजरकोटको भेरी नगरपालिका-७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा कार्यरत थिए। जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ।

    घाइते २३ वर्षीय कमल चौधरीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     


    बिहिवार, मंसिर २० २०८१०८:११:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij