Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा बस दुर्घटना, २२ जना घाइते

मकवानपुरमा बस दुर्घटना, २२ जना घाइते

  • बुधवार, मंसिर १९ २०८१

  • 593
    SHARES

  • मकवानपुरमा बस दुर्घटना, २२ जना घाइते

    काठमाडौं। मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। आज बिहान हेटौंडा–सिन्धुली सडकअन्तर्गत बकैयाँ गाउँपालिका–५, तीनतलेमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको छ भने बसमा ३६ जना भन्दा बढी सवार रहेको जनाइएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।


    बुधवार, मंसिर १९ २०८१०२:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij