Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने

चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने

  • मंगलवार, मंसिर १८ २०८१

  • 408
    SHARES

  • चितवनमा आज सकिएन रविको बयान, भोलि फेरि लिइने
    काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ। सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो।
     
    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोका अनुसार आज नसकिएपछि भोलि बुधबार पनि उनको बयान लिइनेछ। चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई आज बिहान चितवन लगिएको थियो।
     
    चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो।
     
    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो।
     
    यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो।


    मंगलवार, मंसिर १८ २०८१०५:५५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij