काठमाडौं । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस गरेर बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।
घरहरुका बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिनुभयो । अहिले उहाँ आफै घटनास्थलमा पुगेको जानकारी दिनुभएको छ ।
आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेका कारण पड्किएर उछिटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।