Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रामेछापमा गाडी दुर्घटना : वडाध्यक्षसहित पाँचको मृत्यु, तीन जना घाइते

रामेछापमा गाडी दुर्घटना : वडाध्यक्षसहित पाँचको मृत्यु, तीन जना घाइते

  • शुक्रवार, मंसिर १४ २०८१

  • 726
    SHARES

  • रामेछापमा गाडी दुर्घटना : वडाध्यक्षसहित पाँचको मृत्यु, तीन जना घाइते

    काठमाडौं। रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौंबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो।

    रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनमध्ये एक जना गम्भीर घाइते रहेको उहाँको भनाइ छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका हुन्।

    दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो।

    उहाँका अनुसार दुर्घटनामा चालक हिराबहादुर कार्कीसमेत घाइते भएका छन्। अन्य मृतकको पहिचान खुलेको छैन।


    शुक्रवार, मंसिर १४ २०८१०३:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij