काठमाडौं। दाङमा बस दुर्घटनामा परेको छ। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस तुलसीपुर–१८ डाडागाउमा आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागी भर्ना गरिएको छ ।
बसका चालक घोराही–१० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन्। प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।