Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ३९.७० अंकको वृद्धि, ९ अर्ब  ३१ करोडको कारोबार

सेयर बजारमा ३९.७० अंकको वृद्धि, ९ अर्ब  ३१ करोडको कारोबार

  • बुधवार, मंसिर १२ २०८१

  • 642
    SHARES

  • सेयर बजारमा ३९.७० अंकको वृद्धि, ९ अर्ब  ३१ करोडको कारोबार
    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३९.७० अंकले बढेर २७५६.३६ विन्दुमा पुगेको हो । अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले आजपनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
     
    आज ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब  ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँमा खरिद बिक्री भए । दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । आधा दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक  गुमाए । सो कम्पनीको सेयर  १० प्रतिशतले घट्यो ।
     
    कारोबार रकमका आधारमा यसदिन जानकी फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३४ करोड बढी मूल्यको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्टक्चरको ३३ करोडको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावर र नेपाल फाइनान्सले २४÷२४ करोडको कारोबार गरे ।
     
    कारोबारमा आएका २०० कम्पनीको मूल्य बढ्दा ३८ वटाको घट्यो । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । फाइनान्स समूहबाहेक अन्य समूहको उपसूचक भने सकारात्मक देखिएका छन् । यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ९.२७ अंकले बढ्यो ।
     


    बुधवार, मंसिर १२ २०८१०३:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij