Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आवासीय चिकित्सकको श्रम शोषण भयो : गोविन्द केसी

आवासीय चिकित्सकको श्रम शोषण भयो : गोविन्द केसी

  • बुधवार, मंसिर १२ २०८१

  • 522
    SHARES

  • आवासीय चिकित्सकको श्रम शोषण भयो : गोविन्द केसी

    काठमाडौं। डाक्टर गोविन्द केसीले आवासीय चिकित्सकहरुको श्रम शोषणले सीमा नाघेको बताउनुभएको छ ।

    अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको उहाँको भनाइ छ ।

    त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गर्न पनि केसीले माग गर्नुभएको छ ।

    यस्तै उहाँले आज विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु ।’

    उहाँले आफूसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्न र चिकित्सक अनि स्वास्थ्यकर्मीहरुको समयसापेक्ष तलब सुविधा वृद्धि गर्न पनि माग गर्नुभएको छ ।


    बुधवार, मंसिर १२ २०८११२:३४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij