Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देशरभर चिसो अत्यधिक बढ्यो

देशरभर चिसो अत्यधिक बढ्यो

  • बुधवार, मंसिर १२ २०८१

  • 355
    SHARES

  • देशरभर चिसो अत्यधिक बढ्यो

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशरभर चिसो अत्यधिक बढेको छ । उपत्यकासहित पहाडी भेगको मौसम आंशिक बदली भएको छ । तराई र पहाडी भेगका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा हल्का वर्षाको साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

    यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    बुधवार, मंसिर १२ २०८१०७:५२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij