Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ जना घाइते

  • हरिश्चन्द्र बाग
  • शुक्रवार, कार्तिक २८ २०७७

  • 728
    SHARES

  • बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ जना घाइते

    कञ्चनपुर । बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबारराति ९ बजेतिर भीरबाट खसेको थियो ।

    उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    अधिकारीका अनुसार मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ ।


    शुक्रवार, कार्तिक २८ २०७७०६:२३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij