Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुग्लिन–नारायणगढ सडकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

मुग्लिन–नारायणगढ सडकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

  • सोमवार, मंसिर १० २०८१

  • 537
    SHARES

  • मुग्लिन–नारायणगढ सडकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

    काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मुग्लिङतर्फ आँउदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक हिजोबेलुका इच्छाकामना गाउँपालिका ६ नौकिलोमा सडक किनारमा पल्टिएर दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा भने तीन जना घाइते भएका छन् ।

    चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु भएको र तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मृत्यु हुनेमा मकवानपुरको मकवानपुर गढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाँई र सोही ठाउँका ३१ वर्षीय दिपक दाहाल रहेका छन्।

    घाइते तीन जनाको भरतपुरमा उपचार जारी छ। घाइते मकवानपुर हेटौडा उपमहानगरपालिका १८ का दलबहादुर कोइराला र मकवानपुरगढी गाउँपालिका ६ का २७ वर्षिय सुसन विकको चितवन मेडिकल कलेज र रामेछापका मानबहादुर विकको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    ट्रकका चालक सकुसल रहेको र उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


    सोमवार, मंसिर १० २०८१०९:४२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij