Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अबदेखि धरहरा चढ्न शुल्क लाग्ने

अबदेखि धरहरा चढ्न शुल्क लाग्ने

  • शनिवार, मंसिर ८ २०८१

  • 556
    SHARES

  • अबदेखि धरहरा चढ्न शुल्क लाग्ने

    काठमाडौं । अबदेखि धरहरा चढ्न शुल्क लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ ।

    विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत हुने सहरी विकास मन्त्रालयले जनाएको छ ।

    यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई भोलि अर्थात मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ ।

    सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ ।


    शनिवार, मंसिर ८ २०८११२:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij