काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना गरेको छ।
हिजो शुक्रबार दरबारमार्गमा आयोजित जागरण अभियानका दौरान फोहोरमैला गरे वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो।
महानगरपालिको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई एक लाख जरिवाना गराइएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासकीय अधिकृतको निर्देशनबमोजिम एमालेलाई कारबाही गरिएको हो।
एमालेले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको संयोजकत्वमा दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो।
