काठमाडौं। दैलेखमा बस दुर्घटना भएको छ। जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत आठविस नगरपालिका –३ सिस्नेमा आज बेलुकी पाँच बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले दुर्घटना भएको बस भित्तामा ठोकिँदा केही यात्रु घाइते भएको जानकारी दिनुभयो।
घटनाबारे थप विवरण भने आउन बाँकी रहेको र बस बे्रक फेल भएर दुर्घटनामा परेको अनुमान गरिएको दाहालले जानकारी दिनुभयो ।