काठमाडौं। मकवानपुरमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटनामा परेको हो।
वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस आज बिहान सवा ९ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले ब्रेक फेल भएर बस सडक छेउको खोल्सामा पल्टिँदा १८ यात्रुमध्ये चालकसहित १७ जना घाइते भएका बताउनुभयो।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।