Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

  • शुक्रवार, मंसिर ७ २०८१

  • 366
    SHARES

  • उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

    काठमाडौं । मोरङको उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुई वटा मोटरसाइकलमा चार जना सवार रहेको बताइएको छ ।

    ८४०६ नम्बरको मोटरसाइकलले अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकलसँग ठोक्किएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका पथरीशनिश्चरे–५ का ३० वर्षीय विष्णु धिमालको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


    शुक्रवार, मंसिर ७ २०८१०९:४६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij