Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चीन तथा सार्कका विद्यार्थीलाई डा. संगौलाको सुझावः ‘अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ’

चीन तथा सार्कका विद्यार्थीलाई डा. संगौलाको सुझावः ‘अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ’

  • बुधवार, मंसिर ५ २०८१

  • 329
    SHARES

  • चीन तथा सार्कका विद्यार्थीलाई डा. संगौलाको सुझावः ‘अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ’

    काठमाडौं । अन्तराष्ट्रिय कानूनका ज्ञाता प्रा.डा. युवराज संग्रौलाले चीनसहित दक्षिण एसियाली देशका युवा तथा विद्यार्थीहरुलाई अमेरिकी भिसाको पछि नलाग्न आग्रह गरेका छन ।

    462578181_547458481528259_8513758982657540900_n.jpg

    काठमाडौँ स्कुल अफ ल र रसियन हाउसले संयुक्त रुपमा आयोजना गरेको “अन्तराष्ट्रिय सम्बन्ध र कानूनमा बहुध्रुवियता” विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । सो क्रममा उनले युवा तथा विद्यार्थीहरुबाट आफ्नो देश र दक्षिण क्षेत्रकै सबलताका लागि लागिपर्ने प्रतिबद्धता समेत लिएका थिए ।

    467476901_2394096297597807_4904603638008708304_n.jpg

    भारत र चीनमा गाँजरको ठूलो माग रहेको र नेपालमा यसको उत्पादनको सम्भावना रहेको उदाहरण दिँदै उनले परस्पर सहयोग र बजार सम्भावनाले यो क्षेत्रलाई जुरुक्कै उठाउन सकिने बताए । “गाँजर उत्पादनमा लाग, अमेरिकी सपना त्यागिदेउ” नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै उनले भने ।

    अन्तराष्ट्रिय सम्बन्धका जानकार रचित मुरारकाले अबको समय दक्षिणको भएको बताए । पश्चिमा शक्ति आँफैमा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको उनको दाबी थियो । ब्रिक्स विज्ञ परिषदका प्रमुख पवन कुमारले ब्रिक्स राष्ट्र तथा दक्षिणका लागि लागानीको राम्रो बातावरण बनिरहेको उल्लेख गरे ।

    विद्यार्थी र जानकारहरुबीच यसबारे लामै सवाल जवाफ र छलफल समेत भएको थियो । बहस बहुध्रुवीय विश्वको पक्षमा केन्द्रित थियो । वक्ताहरुले पश्चिमा शक्तिलाई चुनौति दिँदै दक्षिणको हितलाई प्राथमिकता दिने कार्यमा ब्रिक्सले अगुवाई गर्ने बताएका थिए । अन्तक्रिया कार्यक्रममा चीन, भारत, नेपाल, बंगलादेश लगायतका प्राध्यापक तथा युवा विद्यार्थीहरुको सहभागिता थियो ।।


    बुधवार, मंसिर ५ २०८११२:२१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij