Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई काठमाडौं ल्याइयो

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई काठमाडौं ल्याइयो

  • मंगलवार, मंसिर ४ २०८१

  • 529
    SHARES

  • सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई काठमाडौं ल्याइयो
    काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार(आज) काठमाडौँ ल्याइएको हो।
     
    उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए।
     
    पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन्। उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
     
    स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र  छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो।


    मंगलवार, मंसिर ४ २०८१०७:५०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij