Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

डडेलधुरामा जिप दुर्घटनाः दुई जनाको मृत्यु, ७ जना घाइते

डडेलधुरामा जिप दुर्घटनाः दुई जनाको मृत्यु, ७ जना घाइते

  • मंगलवार, मंसिर ४ २०८१

  • 525
    SHARES

  • डडेलधुरामा जिप दुर्घटनाः दुई जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं। डडेलधुरामा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

    कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका जाँदै गरेको जिप दैजी–जोगबुढा सडकखण्डको लिप्ना भन्ने स्थानमा दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ।

    मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ भने दुर्घटनाको थप विवरण पनि आउन बाँकी छ।

     


    मंगलवार, मंसिर ४ २०८१०५:५८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij