Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रौतहटमा एक युवतीको गोली हानी हत्या, प्रेम सम्बन्धको कारण हुनसक्ने अनुमान

रौतहटमा एक युवतीको गोली हानी हत्या, प्रेम सम्बन्धको कारण हुनसक्ने अनुमान

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.3K
    SHARES

  • रौतहटमा एक युवतीको गोली हानी हत्या, प्रेम सम्बन्धको कारण हुनसक्ने अनुमान

    काठमाडौं । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

    गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिनुभयो । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

    विवाहित अमृता कुमारीलाई कसले र किन हत्या गरेको भन्नेबारे हालसम्म केही खुल्न नसकेको तथा घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । युवतीको हत्या प्रेम सम्बन्धको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


    बिहिवार, कार्तिक २७ २०७७१२:३९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij