Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पूर्वी नवलपरासीबाट काठमाडौतर्फ आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो

पूर्वी नवलपरासीबाट काठमाडौतर्फ आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो

  • मंगलवार, मंसिर ४ २०८१

  • 495
    SHARES

  • पूर्वी नवलपरासीबाट काठमाडौतर्फ आउँदै गरेको ट्रक त्रिशुली नदीमा खस्यो

    काठमाडौं । पूर्वी नवलपरासीबाट काठमाडौतर्फ आउँदै गरेको ट्रक पृथ्वी राजमार्गको जोगीमारास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ।

    चामल लिएर काठमाडौं तर्फ आउँदै गरेको सो ट्रक त्रिशुलीमा खसेर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त ट्रकमा सवार तीन जना घाइते भएका छन्।

    ट्रक पुरै नदीमा डुबेको अवस्थामा रहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। लु २ ख २५० नम्वरको ट्रक दुर्घटनामा परेको हो।

    दुर्घटनामा परी १८ वर्षीय चालक आषिस महतो, सहचालक २६ वर्षीय राजु थापा मगर र तनहुको खैरेनी घर भएका ४६ सुरेश गुरुङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।


    मंगलवार, मंसिर ४ २०८१०७:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij