Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

  • सोमवार, मंसिर ३ २०८१

  • 474
    SHARES

  • चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केहीबेर अघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट इन्सपेक्टर निरला भण्डारी नेतृत्वको टोली खटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि डीएसपी ज्ञानकुमार महतोको कमान्डमा थप टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

    घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


    सोमवार, मंसिर ३ २०८१०१:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij