Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुंगानाप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुंगानाप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

  • सोमवार, मंसिर ३ २०८१

  • 636
    SHARES

  • प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुंगानाप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । ज्ञानेश्वरस्थित सानो गौचरण पुगेर प्रधानमन्त्री ओलीले ढुंगानाको पार्थिव शरीरमा सम्मान प्रकट गर्नुभएको हो ।
     
    पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ।  अहिले सानो गौचरणमा  सर्वसाधारणको बाक्लो उपस्थित रहेको छ। 
     
    उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपप्रधानमन्त्री द्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत सरकारका मन्त्रीहरू गौचरण पुगेका छन्। 
     
    यसैगरी प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूले पनि ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली प्रकट गरेका छन्। 
     
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल,नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
     
    विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण  गर्न गौचरण पुगेका छन्।
     
    सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
     
    त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ । 
     
    नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहनुभएका ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
     
    विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो। नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उहाँको उल्लेखनीय योगदान छ ।


    सोमवार, मंसिर ३ २०८१०१:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij