Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, मंसिर ३ २०८१

  • 1.3K
    SHARES

  • सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सोमबार(आज) सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।  
     
    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
     
    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    सोमवार, मंसिर ३ २०८१०१:४९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij