Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुग्लिन पोखरा सडकखण्ड आजदेखी दैनिक साढे चार घण्टा बन्द हुने

मुग्लिन पोखरा सडकखण्ड आजदेखी दैनिक साढे चार घण्टा बन्द हुने

  • सोमवार, मंसिर ३ २०८१

  • 859
    SHARES

  • मुग्लिन पोखरा सडकखण्ड आजदेखी दैनिक साढे चार घण्टा बन्द हुने

    काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन पोखरा सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ।
    राजमार्गको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडकखण्ड आजदेखी आउँदो मंसिर २३ गतेसम्म रातिमा साढे ४ घण्टा बन्द हुने भएको हो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले निर्माणाधीन सडकखण्डमा कामलाई तीव्रता दिन भन्दै मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको जानकारी दिनुभयो।

    पाण्डेका अनुसार सडक आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ भने राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ त्यस्तै दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने छ।

    आकस्मिक अवस्थामा भने विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो ।


    सोमवार, मंसिर ३ २०८१०७:०६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij