काठमाडौं। प्रहरी अस्पतालका ३ जना चिकित्सक प्रहरी नायब महानिरीक्षक (डीआईजी) का लागी बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयले एक सुचना जारी गर्दै प्रहरी अस्पतालका ३ जना चिकित्सकलाई बढुवा सिफारिस गरिएको जनाएको हो।
आइतबार बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।