Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ४.९८ अंकको वृद्धि, १४५ कम्पनीको मूल्य बढ्यो

नेप्सेमा ४.९८ अंकको वृद्धि, १४५ कम्पनीको मूल्य बढ्यो

  • आइतवार, मंसिर २ २०८१

  • 928
    SHARES

  • नेप्सेमा ४.९८ अंकको वृद्धि, १४५ कम्पनीको मूल्य बढ्यो
    काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक ४.९८ अंकले बढेर  २७५३.७६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले घटेर ४८५.९१ विन्दुमा कायम भएको छ।
     
    नेप्से सामान्य अंकले बढेपनि ११ अर्बमाथि कारोबार भएको  छ। यसदिन ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँमा खरिदबिक्री भयो।
     
    नेप्से सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था,स्वावलम्बन  लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।
     
    माण्डू हाइड्रोपावरको ९.७१ प्रतिशतले बढ्दा बराही हाइड्रोपावर पब्लिकको ९.२९ प्रतिशतले बढ्यो। यसदिन दुईवटा कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले  गुमाएका हुन् । ती कम्पनीको सेयर १० प्रतिशतले घट्यो।
     
    आज कारोबारमा आएका १४५ कम्पनीको मूल्य बढ्दा ९२ वटाको घट्यो। बाँकी ६ कम्पनीको मूल्य भने घट्यो।
     
    ४५ करोड बढी मूल्यको कारोबार गरी नगदी ग्रुप शीर्षस्थानमा रह्यो।  यसैगरी समृद्धि फाइनान्सको ४१ करोड,जानकी फाइनान्सको ३५ करोड,सिंगटी हाइड्रोपावरको ३४ हरोड र नेपाल फाइनान्सको २३ करोड बराबरको सेयर कारोबार भयो।
     
    आज चारवटा समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।  बैंकिङ,फाइनान्स,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्। 
     


    आइतवार, मंसिर २ २०८१०३:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij