Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

  • आइतवार, मंसिर २ २०८१

  • 765
    SHARES

  • पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
    काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुङ्गानाको उपचारको क्रममा निधन भएको हो ।  
     
    नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
     
    कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल हुनुभएका उहाँ पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित हुनुहुन्थ्यो।
     
    वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । ढुङ्गानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेल्नुभएको थियो ।


    आइतवार, मंसिर २ २०८१०३:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij