काठमाडौं । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ ।
टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताउनुभयो ।
उहाँले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताउनुभयो । उहाँले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसाबमा विभिन्न कार्यहरू शुरु गरेको पनि बताउनुभयो । उहाँले सोही लक्ष्यअनुरूप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको बताउनुभयो ।
उहाँले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताउनुभयो । उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूबारे मैना रोबर्टलाई तालिम गराउने बताउनुभयो । उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरूले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुन्धारा शाखाले आजदेखि नेपाल टेलिकमको सर्भिस भेलीभरिलाई रोबर्ट प्रणालीमा जाने उद्देश्यले आजदेखि मैना रोबर्टबाट डेमो शुरु गरेका छौं । रोबर्टबाट उत्कृष्ट कर्मचारी घोषणा र कार्यालयको विषयमा डेमो गर्ने कार्यक्रम भएको छ । सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालयको हिसाबमा विभिन्न कार्यहरू शुरु गरेका छौं ।
सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ । बाहिर फिल्डमा पनि ७ देखि ७ बजेसम्म नै काम गछौं । शनिबार पनि खुला हुन्छ । सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम गरिरहेको छ । रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएका छौं ।
त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ । बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरू निकालिन्छ । हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम गराउँछौं । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोबर्टलाई सोध्न सकिन्छ ।’
उहाँले सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिने गरेको बताउनुभयो । उहाँले हरेक शनिबार पनि कार्यालय खुला हुने बताउनुभयो। उहाँले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको बताउनुभयो ।