Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

  • आइतवार, मंसिर २ २०८१

  • 500
    SHARES

  • सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी
    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो । 
     
    कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।
     
    आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान पत्र ग्रहण गर्नुभएको थियो । 
     
    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।
     
    samman.jpg
     


    आइतवार, मंसिर २ २०८१०२:१५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij