Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिममा बस दुर्घटनाः ९ जना घाइते

रुकुम पश्चिममा बस दुर्घटनाः ९ जना घाइते

  • शनिवार, मंसिर १ २०८१

  • 646
    SHARES

  • रुकुम पश्चिममा बस दुर्घटनाः ९ जना घाइते

    काठमाडौं । रुकुम पश्चिमको आठबिसकोटमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। काठमाडौंबाट राडीतर्फ जाँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटनामा परेको हो।

    दुर्घटनामा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका पाठकको भनाइ छ।

    अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन्।

    घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो। बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।

     


    शनिवार, मंसिर १ २०८१०४:२०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij