Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा आजदेखि एपीएफ-एसएसबी आठौँ समन्वयात्मक बैठक

काठमाडौँमा आजदेखि एपीएफ-एसएसबी आठौँ समन्वयात्मक बैठक

  • शनिवार, मंसिर १ २०८१

  • 259
    SHARES

  • काठमाडौँमा आजदेखि एपीएफ-एसएसबी आठौँ समन्वयात्मक बैठक

    सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपीएफ-एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदै छ।

    सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

    बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ। 

    बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल शुक्रबार नै काठमाडौँ आइसकेको छ।

    समन्वयात्मक बैठक प्रत्येक वर्ष हुने गरेको छ। यसअघि सो बैठक भारतमा भएको थियो। छैटौँ समन्वयात्मक बैठक २०७९ असोजमा काठमाडौँमा भएको थियो। कोभिड-१९ का समयमा भने समन्वयात्मक बैठक नियमित हुन सकेका थिएनन्। 

    सीमा सुरक्षामा खटिइएका दुई सङ्गठनबीच महानिर्देशक-महानिरीक्षक, वाहिनीपति, गणपति तथा बोर्डर आउट पोस्ट स्तरमा पनि नियमित छलफल हुने गरेका छन्।


    शनिवार, मंसिर १ २०८१०८:१८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij