Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालको विद्युत बङ्गलादेश निर्यात सुरु

नेपालको विद्युत बङ्गलादेश निर्यात सुरु

  • शुक्रवार, कार्तिक ३० २०८१

  • 715
    SHARES

  • नेपालको विद्युत बङ्गलादेश निर्यात सुरु

    काठमाडौं। नेपालले बङ्गलादेशमा विद्युत् निर्यात सुरु गरेको छ। भारतको बाटो हुँदै आजदेखी औपचारिक रुपमा बङ्गलादेश विद्युत् निर्यात शुभारम्भ भएको हो ।

    आज नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गर्नुभएको छ।

    नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको सुरु भएको छ। नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रबारबाट बङ्गलादेश विद्युत् निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको छ ।

    शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत् निर्यात सुरु हुनु दक्षिण एशियामा विद्युत् व्यापारमा कोशेढुङ्गा सावित भएको बताउनुभयो । उहाँले विद्युत् निर्यातका लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात सुरु भएको जानकारी दिनुभयो ।

    उहाँले बङ्गलादेशमा विद्युत् निर्यातका लागि सहजीकरणको भूमिका खेल्ने भारत सरकार र बङ्गलादेश सरकारलाई धन्यवाद दिनुभयो । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो ।

    नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बङ्गलादेशी कम्पनीले तिर्नेछ ।

    नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो। नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।

    बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बङ्गलादेशी कम्पनीले तिर्नेछ । नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत् पुग्नेछ ।

    त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ । नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात मध्याह्न १२ः३० बजेबाट सुरु भएको हो ।

     


    शुक्रवार, कार्तिक ३० २०८१०३:५८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij