Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

  • शुक्रवार, कार्तिक ३० २०८१

  • 373
    SHARES

  • दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताउनुभयो । मृतकको सनाखत हुन बाँकी छ ।

    उहाँकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खोजी भइरहेको छ ।

    मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

    प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जिप दुर्घटनामा परेको हो ।

    जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।


    शुक्रवार, कार्तिक ३० २०८१०७:२२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij