काठमाडौं। काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिएका छन्।
गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीनजना ३३ वर्षीया सीता मोक्तान,उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत अवस्थामा भेटिएका हुन्।
काठमाडौं प्रहरीकाअनुसार श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए। पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको प्रहरीले स्रोतले बतायो।
अहिले घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर,काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकको टोली घटनास्थलमा पुगेको छ।