Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तिहार र छठपछि काठमाडौँमा फेरी ‘कडा लकडाउन’ गर्ने तयारी

तिहार र छठपछि काठमाडौँमा फेरी ‘कडा लकडाउन’ गर्ने तयारी

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.4K
    SHARES

  • तिहार र छठपछि काठमाडौँमा फेरी ‘कडा लकडाउन’ गर्ने तयारी

    काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयाभह हुँदै जान थालेसँगै काठमाडौँ उपत्यकामा पुन: एकपटक लकडाउन गर्नुपर्नेमा यहाँका मेयरहरुले जोड दिएका छन् ।

    कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार भएको छलफलमा मेयरहरुले उक्त आग्रह गरेका हुन् ।

    पछिल्लो समय राजधानीमा संक्रमण बढ्दै गएको कारण यसको चेकब्रेक गर्ने गरी लकडाउन गर्नुपर्ने विषयमा छलफल भएको एक मेयरले जानकारी दिए ।

    अब चाडपर्वहरु सकिएपछि कडा रुपमा महामारी नियन्त्रणको कामहरु थालिने उनको भनाई छ । लकडाउन गर्ने र परिक्षणको दायरा पनि बढाउने विषयमा छलफल भएको छ । हाल काठमाडौँ उपत्यकामा देशभरमै सबैभन्दा धेरै संक्रमित हरु रहेका छन् । दैनिक रुपमा ५० प्रतिशत भन्दा धेरै केसहरु काठमाडौँकै देखिन्छन् । त्यसैगरी नाकामा हेल्थ डेस्क राख्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

     


    बिहिवार, कार्तिक २७ २०७७०६:५१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij