Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा गाडी दुर्घटना गरेर फरार

झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा गाडी दुर्घटना गरेर फरार

  • बुधवार, कार्तिक २८ २०८१

  • 626
    SHARES

  • झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा गाडी दुर्घटना गरेर फरार

    काठमाडौं । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’ भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा गाडी दुर्घटना गरेर फरार भएका छन् ।

    साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरेका र सोसल मिडियामा भाइरल हुन चाहने भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

    शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । फरार भएका प्रकाश भुजेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    बुधवार, कार्तिक २८ २०८१०३:५७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij