Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान सुरु

रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान सुरु

  • मंगलवार, कार्तिक २७ २०८१

  • 736
    SHARES

  • रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान सुरु

    काठमाडौं ।सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।

    गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई बयानका लागि आज पोखराबाट रुपन्देही लगिएको थियो ।
    पछिल्लो पटक आइतबार मात्र कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले उनलाई रुपन्देही लगेको हो ।

    पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

    सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको थियो ।

    रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो ।

    बुटवलस्थित सुप्रिम सहकारीबाट दुई करोड रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपियाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।


    मंगलवार, कार्तिक २७ २०८१०१:३३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij