Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

  • सोमवार, कार्तिक २६ २०८१

  • 824
    SHARES

  • सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताउनुभएको हो ।

    उहाँले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जनाउनुभयो ।

    प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ सस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गर्नुभयो ।

    समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।


    सोमवार, कार्तिक २६ २०८१०५:११:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij