Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बागलुङ जिप दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो (अपडेट)

बागलुङ जिप दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो (अपडेट)

  • सोमवार, कार्तिक २६ २०८१

  • 1.0K
    SHARES

  • बागलुङ जिप दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो (अपडेट)

    काठमाडौं। बागलुङमा भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ। आज बिहान जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला ढुँङ्गेखानी भिरमा दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेहरुमा जैमिनी नपा–०८ केवई बस्ने जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष, ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन्। दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।

    भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो।


    सोमवार, कार्तिक २६ २०८१११:४६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij