Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बाग्लुङ्गको जैमिनीमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १ जना गम्भिर

बाग्लुङ्गको जैमिनीमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १ जना गम्भिर

  • सोमवार, कार्तिक २६ २०८१

  • 1.7K
    SHARES

  • बाग्लुङ्गको जैमिनीमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १ जना गम्भिर

    काठमाडौं। बाग्लुङ्गमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते १ जनाको अवस्था गम्भिर छ।

    जैमिनि नगरपालिका ८ छिस्तीबाट सदरमुकाम बाग्लुङ्गतर्फ जाँदै गरेको ग २च ९२४७ नम्बरको बोलेरो जिप जैमिनी–७, जैदीको व्यार्थला, ढुङ्गेखानि भिरमा दुर्घटनामा परेको नगरपालिका उपप्रमुख हरिहर शर्माले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।

    मृतकहरुमा जिप चालक बागलुङ जैमिनी–८ केवैका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन्।घाइते बागलुङ जैमिनी–८ का ४५ वर्षीय गंगा बहादुर श्रीषलाई उपचारका लागि बागलुङ अस्पताल पु¥याइएको छ। 

    जिप मोडबाट आँफै अनियन्त्रीत भएर दुर्घटनामा परेको अनुमान गरिएको शर्माले बताउनुभयो।


    सोमवार, कार्तिक २६ २०८११०:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij