Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः पहाडमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

आजको मौसमः पहाडमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

  • सोमवार, कार्तिक २६ २०८१

  • 468
    SHARES

  • आजको मौसमः पहाडमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

    काठमाडौं । आज देशभरको मौसममा बदली आउने भएको छ। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने दिउँसो पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    विभागले राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


    सोमवार, कार्तिक २६ २०८१०६:२९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij