Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

उत्पादनमूलक क्षेत्रतर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षा भोलिदेखि हुँदै

उत्पादनमूलक क्षेत्रतर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षा भोलिदेखि हुँदै

३६ हजार बढी परीक्षार्थी सहभागी हुने
  • आइतवार, कार्तिक २५ २०८१

  • 583
    SHARES

  • उत्पादनमूलक क्षेत्रतर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षा भोलिदेखि हुँदै
    काठमाडौं । उत्पादनमूलक क्षेत्रतर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने भएको छ। ईपीएस कोरियन शाखाका अनुसार परीक्षामा ३६ हजार बढी परीक्षार्थी सहभागी हुने छन् । 
     
    सन् २०२४ मा उत्पादनमूलक क्षेत्रतर्फ सहभागी हुनका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए। जसमा पहिलो र दोस्रो चरणमा गरी १ लाख २७ हजार ४५६ जना परीक्षार्थीको परीक्षा सम्पन्न भइसकेको छ। 
     
    यसपटक ठूलो संख्यामा आवेदन परेका कारण अन्य क्षेत्रको परीक्षा सञ्चालन भएको थिएन। सन् २०२५ देखि नयाँ प्रणाली लागू गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ।


    आइतवार, कार्तिक २५ २०८१०३:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij