Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा उछाल, सबै समूहमा हरियाली, ९ अर्ब ७७ करोडको कारोबार

सेयर बजारमा उछाल, सबै समूहमा हरियाली, ९ अर्ब ७७ करोडको कारोबार

  • आइतवार, कार्तिक २५ २०८१

  • 750
    SHARES

  • सेयर बजारमा उछाल, सबै समूहमा हरियाली, ९ अर्ब ७७ करोडको कारोबार
    काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन आइतबार(आज) नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स ९.९१ अंकले बढेर ४८७.१० विन्दुमा अडिएको छ ।
     
    उच्च अंकले बढेको सेयर बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ ।  ९ अर्ब ७७ करोड बढी मूल्यको कारोबार भएको  छ । यसदिन ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९ अर्ब ७७ करोड ११ लाख  २४ हजार ७३.५५ रुपैयाँको सेयर कारोबार भयो ।
     
    पाँच कम्पनीको मूल्य बढ्दा सानिमा ग्रोथ फण्डका लगानीकर्ताले भने गुमाए । गुराँस  लघुवित्त वित्तीय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो ।
     
    कारोबार रकमका आधारमा यसदिन सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो ।  सो कम्पनीको ३८ करोड मूल्य बढीको सेयर कारोबार भयो । यसैगरी समृद्धि फाइनान्सको ३४ करोडको सेयर कारोबार हुँदा नगदी ग्रुपको २७ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र साहस ऊर्जाको १९/१९ करोडको सेयर कारोबार गरे ।
     
    आज सबै समूहको उपसूचक सकारात्मक देखिएका छन् । हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ४.२६ प्रतिशतले बढ्यो । कारोबारमा आएका २२८ कम्पनीको मूल्य बढ्दा १३ वटाको घट्यो । बाँकी ३ समूहको उपसूचक भने स्थिर रह्यो ।
     


    आइतवार, कार्तिक २५ २०८१०३:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij