Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप

बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप

  • आइतवार, कार्तिक २५ २०८१

  • 451
    SHARES

  • बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप

    काठमाडौं । भारतको बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।

    विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका छन् ।

    बैंग्लोरको पत्रिका डेकन हेराल्डले समाचारमा उल्लेख गरेअनुसार, जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् र यसमा उनका नेपाली कर्मचारी नवराज र उनकी पत्नी संलग्न रहेको दाबी गरेका छन् ।

    उनका अनुसार, नवराजले ६ महिनाअघि सहयोगका रुपमा स्टोरमा काम थालेका थिए । उनलाई बस्ने ठाउँ नभएपछि घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएको उनले भनेका छन् । त्यसक्रममा उनकी श्रीमतीले जैनको घरायसी काममा पनि सहयोग गर्दै आएको समाचारमा भनिएको छ ।

    प्रहरीले बताएअनुसार, सामान चोरी भएका बेला जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो । त्यही बेला नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा प्रवेश गरेर चोरी लगेको आरोप लगाइएको छ ।

     


    आइतवार, कार्तिक २५ २०८१०२:४६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij